
शिखर इन्स्योरेन्स वर्षको निर्जिवन बीमा पुरस्कारबाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड वर्षको निर्जीवन बीमा पुरकारबाट सम्मानित भएको छ । यो मान्यताले हाम्रा ग्राहकहरू र सरोकारवालाहरूलाई असाधारण सेवा, नवीन बीमा समाधानहरू र दिगो मूल्य प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
सम्पूर्ण टोलीको समर्पण, व्यावसायिकता र कडा परिश्रमको प्रमाण स्वरुप यो पुरस्कार प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । पुरस्कार समारोहमा कम्पनीको प्रतिनिधित्व गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले सफलतामा योगदान पु¥याउने सबैको तर्फबाट यो प्रतिष्ठित सम्मान ग्रहण गरेका थिए । हामी हाम्रा ग्राहकहरू, साझेदारहरू, कर्मचारीहरू र सरोकारवालाहरूलाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि हार्दिक आभार व्यक्त गर्दछौं । यो उपलब्धिले हामीलाई बीमा उद्योगको स्तर बढाउन र भविष्यलाई आकार दिन जारी राख्न प्रेरित गर्ने कम्पनीको विश्वास छ ।

