
मानुषी लघुवित्तको साधारणसभा असार १३ गते, मर्जर प्रस्ताव पारित गर्ने



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।
सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ । यस्तै तीनवटै लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गरिनेछ ।
सभामा गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


