
सुनचाँदीको मूल्यमा भारी गरिवाट, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिराट आएको छ । आज सुन तोलाको ८ हजार २०० रुपैयाँ र चाँदी ३३५ रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ रहेको थियो ।


