
भरत तालमा डुङ्गा चढ्दा ५ लाखको बीमा कभर हुने



काठमाडौं । सर्लाही जिल्लामा अवस्थित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकिय दृष्टिले दिनानुदिन चर्चित बन्दै गएको अवस्था छ । बागमती नदीको किनारमा र महेन्द्र राजमार्गबाट केही किलोमिटर मात्रै दक्षिणमा रहेको सो तालमा आकर्षण बढ्दो देखिएको हो ।
मानव निर्मित तालको रुपमा बाल बच्चदेखि युवा पुस्ताहरु समेत भरत ताल पुग्ने र त्यहाँ फोटो खिच्ने मात्र नभई डुंगा सवारमा रमेको देखिन्छ । सोही परिसरमा अन्य बाल मनोरन्जनदेखि, रोप डोरीमा गरिने साईकल खेल लगायतका विभिन्न खेलहरु राखिएको छ ।
भरत तालको डुंगा सवारको क्रममा समेत कुनै जोखिम आइ लागेमा त्यसको बीमा कभर हुने पाइएको छ । सोही तालको टिकटमा ५ लाख रुपैयाँसम्मको बीमा हुुने उल्लेख गरिएको छ ।



