
नेको इन्स्योरेन्सले गर्यो ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, ५३ पिन्ट रगत संकलन



काठमाडौं । नेपालको बीमा बजारमा ३० बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले लिमिटेडले आप्नो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वरमा आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममार्फत कुल ५३ पिन्ट रगत संकलन भएको छ ।
कम्पनीले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण रक्तदाताप्रति कम्पनी हार्दिक आभार ब्यक्त गरेको छ । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल मेडिसिटी अस्पतालबाट प्राप्त भएको नेको इन्स्योरेन्सले जनाएको छ । सो अबसरमा रक्त संकलनका अतिरिक्त, सहभागी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण समेत निःशुल्क रूपमा गरिएको कम्पनीले उल्लेख गरेको छ , जसबाट सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गरेका थिए । समाजमा रगतको उपलब्धता बढाउन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आयोजित यस कार्यक्रमले सामाजिक सेवाप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास कम्पनीले लिएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने नेपाल मेडिसिटी अस्पताल, सहभागी रक्तदाता, कर्मचारी तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पुर्णमा नेको इन्स्योरेन्सले धन्यबाद ज्ञापन गरेको छ ।


