
दाबी भुक्तानीका लागि बीमितलाई जगाउँदै ओरिएन्टल इन्स्योरेन्स कम्पनी



काठमाडौं। भारत सरकारको समेत लगानी रहेको एवम् निर्जीवन बीमा क्षेत्रको एक सबल कम्पनीले ओरिएन्ट इन्स्योरेन्सले एक आह्वान गरेको छ । कम्पनीले बीमितलाई रोकिएको दाबी भुक्तानीका लागि सक्रिय रहन अनुरोध गरेको हो।
यता, सोही कम्पनीले सूचना प्रकाशन गर्दै आवश्यक कागजपत्र समयमै उपलब्ध नभएकादेखि कुनै पनि कारणले रोकिएको दाबी भुक्तानी प्रक्रिया सकेसम्म अघि बढाउन सहयोग गर्न सुझाएको छ । शीघ्र दाबी भुक्तानी गर्ने हाम्रो यस अभियानलाई पूर्ण रुपमा सफल पार्न आआफ्ना दाबीसँग सम्बन्धित कागजपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको नजिकको कार्यालय बुझाउन अनुरोध छ भन्दै ओरियन्टल इन्स्योरेन्सले यता पुरानो दाबीको हकमा उल्लेखित मितिले १५ दिनभित्र कागजात उपलब्ध गराउँन समेत बीमितलाई जनाएको हो ।
नेपाली बीमा क्षेत्रम मुख्यतय विभिन्न किसिमका बीमा जागरणकै अभावमा समेत कतिपय बीमाका दाबि भुक्तानीहरु छिटो छरितो हुन नसकेको अन्य निर्जीवन बीमा कम्पनीहरुले समेत स्वीकार गर्दै आएको अवस्था छ ।


