
एमाले अध्यक्ष ओली भन्छन्, सरकारले खरानी उठाएर मेरो सम्पती विवरण हेरोस्



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सार्वजनिक रुपमा प्रस्तुत हुन् थालेका छन् । सम्भवत पछिल्लो चुनाव यता उनी सार्वजनिक भएको यो पहिलो पटक हो ।
अहिले उनै ओलीले वर्तमान सरकारलाई लक्षित गरेर केही गहिरो टिप्पणी समेत गरेका छन् । उनले आज सम्पत्ती विवरण र गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा भएको ठूलो आगलागीको एकसाथ स्मरण गराएका छन् ।
आज लामो समयपछि सार्वजनिक रुपमा बोलेका ओलीले सरकारले मागेको सम्पत्ती विवरण आफूले नभर्ने र त्यसको कारण भनेको आफ्ना सम्पत्ती आगलागी भइसकेको अवस्था सरकारलाई समेत अवोगत नै रहेको उनको आशय रहेको छ ।
उनले चुनाव नै पूर्व रचित एवम नाटक, तमासा भएको सुनाए । आफुले गौरी बहादुर कार्की रहेको कार्की आयोगमा समेत कुनै बयान नदिएको खुलाएका छन् ।


