
सुनको मूल्य स्थिर, चाँदीको घट्दा कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ रहेको थियो ।


