
विद्युतमा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौं : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधी सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए।
उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने बताए। भुकम्पपछि कुल ग्रहास्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जिडिपिको २८ प्रतिशत मात्रै विनियोजन गरिएको बताए। अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए।
उनले जिडिपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए। ७ प्रतिशतको आर्थिक वृद्धि २१ खर्ब २४ अर्बले मात्र नभई प्रक्षेपित ७४ खर्बको जिडिपिले गर्ने बताए। उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्ने बताए। उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभएको पुराना कार्यक्रमको दायित्व बढी हुँदा चाँपमा परेको बताए। सरकारले मुख्य राजमार्ग निर्माण सम्पन्न हुने भन्दै सिदार्थ राजमार्ग निर्माण अघि बढ्ने बताए। ‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनी भन्छन्,‘हामीले एक्सप्रेस वे बनाउनेकी भन्ने सोचेका छौं तर १ खर्ब लागत अनुमान छ।’
विद्युतमा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौं
अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौं ।’ आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ ।
अर्थमन्त्री वाग्लेले विजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए । ‘विगतमा कुरा भएपनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,’ उनले भने । उनले यदी सबै निशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए । उनले भने,’आयमा आधारित कर भन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।’ बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने,’ गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।’


