
आवश्यक कागजात बुझाउन एनएलजी इन्स्योरेन्स आग्रह



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ चैत मसान्तसम्ममा क्षति भई बीमित वा बीमितको प्रतिनिधि मार्फत परेको दाबी निवेदनमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।
कम्पनीका अनुसार कतिपय दाबी निवेदनहरूमा हालसम्म बीमा दाबीका सम्बन्धमा आवश्यक कागजात पेश नभएको वा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया रोकिएको छ ।
त्यस्तो बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आई दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। तोकिएको अवधिभित्र पनि बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले चेतावनी दिएको छ ।


