
क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा ३८ खेलाडी, ए प्लस क्याटगोरी थप



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । क्यानले सोमबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा ए प्लस क्याटगोरी थप गरिएको छ । ए प्लस क्याटगोरीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।
क्याटगोरी ए मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी छन् । यस्तै क्याटगोरी बी मा आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजवंशी र नन्दन यादव परेका छन् ।
अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा क्याटगोरी सी मा परेका छन् ।
डेभलप्मेन्ट क्याटगोरीमा अर्जुन घर्ति, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी छन् ।
ए प्लस क्याटगोरीमा परेका खेलाडीहरुले प्रति महिना एक लाख २० हजार पाउनेछन् । यस्तै ए क्याटगोरीमा परेका खेलाडीले एक लाख, क्याटगोरी बी मा रहेका खेलाडीले ७५ हजार र डेभलप्मेन्ट क्याटगोरीमा पर्ने खेलाडीहरुले ३५ हजार पारिश्रमिक पाउनेछन् ।



