
मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।
बैंकले इच्छुक सबैले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिंदा न्यूनतम २५ हजार कित्ता र अधिकतममा १० को गुणांकमा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
यसका लागि जेठ ७ गतेदेखि जेठ १४ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ ।


