
सिटि बराबरीमा रोकिए पछि आर्सनललाई एक खेल अघि नै प्रिमियर लिगको उपाधि



काठमाडौं । ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ । २२ वर्षपछि आर्सनलले यो सिजनको उपाधि जितेको हो ।
गए राति बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल एक खेल अघि नै लिग च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्न सिटीलाई जीत आवश्यक थियो । तर खेलको ३९औँ मिनेटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौडको समीकरण बदलियो ।
खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन । त्यसअघिको खेलमा आर्सनलले बर्नलीलाई १–० ले हराएको थियो ।


