
कहिले बाँडफाँट हुन्छ टक्सार पिखुवा खोलाको आईपीओ ?

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ वनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्य ५ जनाले भने ११ कित्ता सेयर पाउने छन् ।

