
प्रि ओपन सेसनमा ४.२० अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढी घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १.०३ अंक घटेर २७३०.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२० अंक घटेर २७२६.७० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४९ स्टकको ८१ पटकको कारोबारमा २५ लाख २८ हजार ५४६ रुपैयाँ ३० पैसाबराबरको ५ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

