
सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ८०० रुपैयाँले बढेको हो भने चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ रहेको थियो ।


