
सर्वोच्चको आदेश : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहाई गर्नु



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योती प्रकाश पाण्डेलाई रिहाई गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बाराको गढीमाई दर्शन गर्न तराई झरेका सीईओ पाण्डेलाई सिन्धुलिबाट पक्राउ गरिएको थियो ।
आक्रामक शैंलीमा सीईओ पक्राउ परेपछि सबै बैंकर संघहरुले चर्को विरोध जनाएका थिए । पछिल्लो समय सरकारले व्यवसायीहरु माथि गरेको धरपकडको समेत आलोचना हुन सुरु गरेको छ ।


