
विजय लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै बैठकले सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।

