
विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले राजीनामा दिएका छन् । लम्सालले वैशाख २८ गते राजीनामा बुझाएका हुन् ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिले जेठ ८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गर्ने गरिसकेको छ । साथै सोही बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक क्रियाकलाप सञ्चालन गर्न कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सरोज घिमिरेलाई तोकिएको छ ।

