
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार ७१० रुपैयाँ रहेको थियो ।


