
विदेशी लगानीकर्तालाई ‘लगानी भिसा’ प्रदान गरिने



काठमाडौं । सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ । सरकारले लगानीलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम यसबारे उल्लेख गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। सरकारको लगानी भिसा दिने नीतिले विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


