
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक मच्चाएको आरोप लगाए ।
उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’ उनले देश आज अभिभावक विहीन बनेको जिकिर गरे। उनले सरकारको औचित्य नभएको भन्दै असफल भइसकेको बताए ।


