
सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँले घटेको छ भने चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ रहेको थियो ।


