
प्रि ओपन सेसनमा ३ अंकले घट्यो नेप्से



काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार १.६४ अंक घटेर २७११.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.२१ अंक घटेर २७०८.०० विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२६ अंक घटेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ३४ स्टकको ६७ पटकको कारोबारमा ८९ लाख २० हजार ८४३ रुपैयाँ ७० पैसाबराबरको १७ हजार २९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।


