
राष्ट्रपतिले जारी गरे सहकारी सम्वन्धी अध्यादेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषदले सिफारिस गरेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ बिहीबार जारी गरिएको हो ।
सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने सरकारले सहकारी अध्यादेश अघि बढाएको थियो । साथै बचत तथा ऋणको मुख्य कारोबार गर्ने प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने उद्देश्यले सहकारी अध्यादेश अघि बढाइएको थियो ।



