
यूनाईटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले सम्हाले कार्यभार



काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण भट्टराईले आजबाट कार्यभार सम्हालेका छन् । उनले आगामी चार वर्षका लागि कार्यभार सम्हालेका हुन् ।
सोही अवसरमा यूनाईटेड अजोड इन्स्योरेन्सका संचालक समिति अध्यक्ष आजाद श्रेष्ठले समेत नयाँ सीईओलाई स्वागत गरेका छन् ।
बीमा क्षेत्रमा यस अघि पनि उच्च पोस्टको अनुभव हाँसिल गरिसकेका भट्टराईले आगामी दिनमा यूूनाईटेड अजोड इन्स्योरेन्सलाई नेत्तृत्व गर्दै नयाँ उचाईमा पुर्याउने विश्वास समेत कम्पनीको संचालक समितिले गरेको छ ।
उनको स्वागत समारोहमा यूनाईटेड अजोडका उच्च पदस्थ कर्मचारी सहित डेपुटी सीईओ रेना रिजाल लगायतको उपस्थित भएको कम्पनी स्रोतले जनाएको छ ।




