
ट्राफिक प्रहरीद्वारा चौबिस घण्टामा २५ लाख राजस्व संकलन



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठिक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी ३ हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न गल्तीका पछिल्लो २४ घण्टाको कारबाहीबाट २५ लाख १५ हजार ५०१ रूपैयाँ राजस्व संकलन भएको जनाएको छ ।


