
एक महिना अवधिमा ७ लाख ११ हजारभन्दा बढीले लिए त्रिभुवन विमानस्थलबाट सेवा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले सेवा लिएका छन् ।
अन्तर्राष्ट्रियतर्फ कुल २८ वायुसेवा कम्पनीले उडान/अवतरण गरेको कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपालबाट १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् । १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ ।
यस अवधिमा कुल २ हजार ५ सय ६९ उडान/अवतरण भएका छन् । जसमध्ये १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण रहेको तथ्यांक छ ।


