
मुक्तिनाथ विकास बैंकको सीईओ बने मानन्धर



काठमाडौं। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तारा मानन्धरले नियुक्ती पाएका छन् । यसअअघि कार्यरत सीईओ प्रद्युम्न पोखरेल बैशाख महिनाबाटै नियुक्त समापन गरेर बाहिरीने भएसँगै उनै माननन्धर नियुक्त भएका हुन् ।
सोही बैंकको सञ्चालक समितिको हिजो बैशाख ३ गतेको ३ सय ७१औँ बैठकबाट मानन्धरलाई नयाँ सीईओ तोकिएको हो भने उनले आगामी जेठ १ गतेबाट चार वर्षे कार्यभार सम्हाल्ने छन् ।


