
शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी कुल ९८ लाख कित्ता आईपीओ सूचीकृत भएको हो।
कम्पनीलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।


