
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७ हजार २०० रुपैयाँ र चाँदी २०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ ।


