
रिहा भए व्यवसायी शंकर अग्रवाल



काठमाडौं । शंकर अग्रवाल रिहा भएका छन् । नेपालको प्रतिष्ठित घराना शंकर समूहका अध्यक्ष समेत रहेका अग्रवाल छुटेका हुन् ।
उनै अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएको थियो । जगदम्बा स्टिल्सको विरासत र उनै अग्रवालको देनको विषयमा समेत नेपाली व्यापारीक घरानामा मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत चर्चा हुने गरेको छ ।
पछिल्लो समय सरकारले समेत व्यवसायीको घाँटी निमोठ्न नभई आर्थिक स्थायीत्वका लागि विभिन्न कदमहरु अघि बढाएको देखिन्छ । यसमा विषय जे जस्तो भए पनि एकाएक निशानामा परेका उनै अग्रवाल छुटेका छन् ।


