
गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” को इकाई बाँडफाँट सम्पन्न



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवद्र्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्व र व्यवस्थापनमा सामूहिक लगानी कोष “गरिमा म्युचूअल फण्ड” अन्तर्गत प्रति इकाई मूल्य रु. १० दरका कुल १०,००,००,००० (दश करोड) इकाई रहेको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” (Garima Subarna Yojana) को पहिलो चरणमा रु. १० अंकित दरका ५ करोड इकाई मिति २०८२/११/२८ गतेदेखि मिति २०८२/१२/११ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरिएकोमा उक्त निष्काशन अवधिभर बीज पूँजी सहित जम्मा १,०६,७९४ आवेदकहरुबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भई माग भन्दा बढी इकाईका लागि आवेदन प्राप्त भएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।
माथि उल्लिखित आवेदनहरु मध्ये १७० जना आवेदकहरुबाट ४१ हजार इकाई खरिदका लागि प्राप्त आवेदन रीतपूर्वक नदेखिएकाले बाँडफाँटमा समावेश नगरी १,०६,६२४ आवेदकहरुले रीतपूर्वक माग गरेको ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाई (बीज पूँजी सहित) माग गरे बमोजिम नै मिति २०८२/१२/२२ गते आइतबार बिहान ०९ः०० बजे योजनाको निष्काशन तथा बिक्री प्रबन्धक यस गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँमा बसेको बैठकबाट बाँडफाँट गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।
नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपयौँ बराबरको १० करोड इकाईहरु सार्वजनिक निष्काशन गर्न स्वीकृती प्राप्त भई यस योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई संख्या बीज पूँजी सहित १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई भएको हुँदा पहिलो चरणमा ५ करोड इकाई मात्र खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि इकाई खरिदका लागि रीतपूर्वक आवेदन दिनुभएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्था बमोजिम माग गरे बमोजिमकै इकाई बाँडफाँट गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।
गरिमा सुवर्ण योजना खुलामुखी योजना रहेको हुँदा यस योजनाको इकाई खरिद बिक्री नेपाल स्टक एक्सचेञ्जबाट गर्न नमिल्ने भएकाले बाँडफाँट भएको मितिले तीन महिना पश्चात् योजनाको इकाई नियमित खरिद बिक्री (क्क्ष्ए समेत) गर्न मिल्ने गरी कारोबार सञ्चालनमा ल्याइने बेहोरा सहर्ष जानकारी गराउँदछौँ । साथै, यस निष्काशन कार्यमा सहयोग गर्नुहुने श्री नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेड, सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सञ्चारकर्मी लगायत अन्य सम्बन्धित निकायहरु एवं शुभ चिन्तक तथा इकाई खरिदको लागि आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौँ ।


