
नेशनल लाइफ इटहरी शाखाका उत्कृष्ट अभिकर्ताहरु सम्मानित



काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी इटहरी शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् । आर्थिक वर्ष २०८१।०८२ अन्तर्गत वार्षिक कार्यक्रम अनुसार अभिकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका हुन् ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत व्यापार तर्फ प्रथम भएकी रोजिना चौधरी, दोश्रो गीता कार्की र तेश्रो रेनुका शेर्पा सम्मानित भए।
सञ्जाल तर्फ प्रथम हुन सफल किर्तनलाल साहु, दोश्रो सन्तवहादुर तामाङ र तेश्रो मनोज थापा मगर सम्मानित भए । सम्मानित अभिकर्ताहरुलाई प्रदेश प्रमुख नरेन्द्र राईले प्रमाण पत्र मेडल सहित सम्मान गरेका थिए ।
इटहरी शाखाबाट निरन्तर तीन वर्षसम्म नेशनल रत्न अवार्ड पदक विजेता सुशन चेली राई, छत्रकुमारी याखा मादेम्बा र जानुकला तामाङ सहित हरेक महिना सर्बोत्कृष्ट ब्यापार गर्ने १२ जना अभिकर्ताहरुलाई टप अफ द मन्थबाट पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिकर्ता संघ कोशी प्रदेश अध्यक्ष किशान शाहीले कम्पनीको ब्यवासय बृद्धिमा अभिकर्ताको महत्वपुर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा शाखा प्रमुख भोजमान श्रेष्ठले अभिकर्ता पारिश्रमिक योजनाबारे जानकारी दिनुभएको थियो भने कोशी प्रदेश प्रमुख नरेन्द्र राँईले बीमा व्यवसाय प्रति धेरै युवा युवतिको आर्कषण वढ्दै गएकोले समय र प्रवृधि अनुसार चल्न सके,बीमा ब्यवसायमा सहजै सफल हुन सकिने बताए ।


