
सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप रिडारा आरडी ईकन ४×४ सार्वजनिक



काठमाडौं। सीजी मोटर्स, जीली होल्डिङ ग्रुप अन्तर्गतको रिडारा ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ रिडारा आरडी ईकाेन ४×४ इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ। यस गाडीको प्रारम्भिक मूल्य रु. ७१ लाख ९९ हजार निर्धारण गरिएको छ।
“पियोर इलेक्ट्रिसिटी, पियोर क्पावलिटी” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।
करिब दुई वर्षअघि नाडा अटो शोमा पहिलो पटक प्रदर्शन भएपछि रिडारा आरडी ६ ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ। यस अवधिमा ब्रान्डले प्रदर्शन, विश्वसनीयता र ग्राहक स्वीकृतिमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आफूलाई नेपालकै नं. १ इभी पिकअपको रूपमा स्थापित गरेको छ। अब ईकन ४×४ भेरियन्टको आगमनसँगै रिडाराले अझ उच्च अफ-रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको छ।
रिडारा आरडी ईकन ४×४ लाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ। यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्दछ।
उच्च प्रदर्शन र वास्तविक ४×४ क्षमतासहित, यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ। ४८५ एनएमको अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअल मोटर अल-ह्वील ड्राइभ (४×४) प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ-रोड क्षमता प्रदान गर्छ। २२५ एनएम ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू-भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई भारी व्यवसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ। साथै, इको, नर्मल, स्पोर्ट र अफ-रोड (हिउँ, हिलो, बालुवा) जस्ता मल्टिपल ड्राइभ मोडहरूले विभिन्न सडक तथा मौसम अवस्थाअनुसार उत्कृष्ट नियन्त्रण र प्रदान गर्छ। यी सम्पूर्ण विशेषताहरूले RD6 ECON ४×४ लाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरूभन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्दछ।
यसका साथै, रिडारा आरडी ईकाेन ४×४ मा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ, जसमा फाइभ स्टार ब्याट्रि प्राेटेक्सन आर्मर सिस्टम, आईपी ६८-रेटेड ब्याट्री प्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन्। यी प्रविधिहरूले नेपालको चुनौतीपूर्ण मौसम तथा भौगोलिक अवस्थाहरूमा पनि उच्च स्तरको सुरक्षा, स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्दै गाडीलाई अझ भरोसायोग्य बनाउँछन्।
रिडारा आरडी ईकाेन ४×४ अब देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ। यो गाडी उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ।


