
बलेफी हाइड्रोपावरको अध्यक्षले दिए राजीनामा



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिका अध्यक्ष विदुर पुरीले सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनले आफ्नो कार्यव्यस्तताको कारण पर्याप्त समय दिन तथा सञ्चालकको जिम्मेवारी बहन गर्न असमर्थ भएको भन्दै दिएको राजीनामा चैत १९ गते बिहीबार अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।


