
दाबी भुक्तानी लिन राष्ट्रिय बीमा कम्पनीको आग्रह



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ सम्म जारी भएका बीमालेख अन्तर्गत परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।
उक्त अवधिमा जारी भएका र कम्पनीको दाबीको लागि निवेदन दर्ता गरी लामो समयदेखि अपुग कागजात पेश नगरेको कारण दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ।
दाबी दर्ता गरी कम्पनीबाट माग भएको अपुग कागजात पेश गर्न बीमितहरूलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजात पेश नभएको भन्दै आगामी १५ दिनभित्र कागजात सहित आफूले बीमा गरेको कम्पनीको प्रधान वा शाखा कार्यालयमा सम्पर्क राखी दाबी भुक्तानी लिन आग्रह गरेको छ।
तोकिएको अवधिभित्र पनि आवश्यक कागजात पेश नगरेमा त्यस्तो बीमितको दाबी फाइन बन्द गरी तामेलीमा जाने कम्पनीले जानकारी दिएको छ। उक्त अवधिमा दाबी भुक्तानीका लागि दर्ता भएको दाबी सम्बन्धी विवरण कम्पनीले आफ्नो वेवसाइटमा पनि राखेको जनाएको छ।


