
एमाले नेता महेश बस्नेतको माग : अप्रिय घटना घट्नु अघि अध्यक्ष ओलीको रिहाई



काठमाडौं । आज बिहान मात्रै झिस्मिसेमा भक्तपूर गुण्डुस्थित निवासबाट प्रहरीको नियन्त्रणमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको अबिलम्ब रिहाईको माग गरिएको छ । एमाले नेता महेश बस्तेतले माइतीघरमा शनिबार एमालेको प्रदर्शनमा केही नेता कार्यकर्ता घाइते भएसँगै त्यस्तो माग गरेका हुन् ।
यस्तो छ नेता बस्नेतको सामाजिक संजालमा, अन्नपूर्ण न्युरो अस्पतालमा युवराज ओली उपचाररत हुनुहुन्छ, उहाँको टाउकोमा पाँच टाँका लगाइएको छ। रमिला नेपाल र राजु तिवारीको पनि शान्तिपूर्ण आन्दोलनमाथि कायर सरकारद्वारा अनावश्यक बल प्रयोग गर्दा घाइते हुनु भएको र राजु तिवारी बिमल धमला जगराज शाही सहित ४ जना गिरफ्तार गरिएको छ।
जसका कारण माइतीघरतर्फको बारिगेट तोडिएको र सिंहदरबारको दक्षिण गेटमा सामान्य तोडफोड भएको खबर आएको छ, जुन अत्यन्त दुःखद घटना हो। सरकार सम्भावित अप्रिय घटना हुनुअघि नै सचेत बनोस्। पूर्व प्रधानमन्त्रीज्यूलाई तत्काल रिहा गरियोस्।


