
प्रधानमन्त्रीको शपथमा चार पूर्वप्रधानमन्त्री उपस्थित, ओली अनुपस्थित



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई सहभागी भएका हुन् ।
शपथको समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । त्यस्तै नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि सहभागी भएका छैनन् ।


