
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत भएको छ । बिहीबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ६८,९६, ७४४ कित्ता साधारण शेयर सूचीकरण भएको हो । उक्त कम्पनीको दोस्रो बजार कारोबार चैत १५ गते बाट हुनेछ ।
कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको १३,७९, ३५० कित्ता (२०) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५,१७,३९४ कित्ता (८०) शेयर समेत गरी जम्मा ६८,९६, ७४४ कित्ता (१००) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो ।


