
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि



काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
फागुण मसान्तसम्ममा नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्बको कारोबार गर्न सफल भएका छन् ।


