
नेप्सेमा २४ अंकको करेक्सनः कारोबार रकम भने १५ अर्ब नाघ्याे



काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। लगातार ५ दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज २४.४५ अंकले घटेको हो ।
यसदिन ०.८२ प्रतिशतले बढेको नेप्से परिसूचक २९ सय ३५ दशमलव ९४ बिन्दुमा रोकिएको छ। हिजो नेप्से परिसूचक २३.८३ अंकले बढेर २९ सय ६० दशमलव ४० बिन्दुमा रोकिएको थियो ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। यसदिन ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
घटेको बजारमा व्यापार समुहको उपसूचक सरवार्धिक ३.४५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समुहको उपसूचक ०.४८ प्रतिशतले बढेको छ। बाँकी सबै समुहका उपसूचक घटेका छन् । यसदिन बिकास बैंक २.२३, फाइनान्स २.०९, अन्य १.७०, माइक्रोफाइनान्स १.६४, वाणिज्य बैंक १.४०, जीवन बीमा १.३९, निर्जीवन बिमा समुहको उपसूचक १.१५ प्रतिशतले घटेको छ।
यता आजको कारोबारमा ४१ कम्पनीको सेयर मूल्य बढेकोमा ५ कम्पीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होट फरेस्ट इनको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

