
इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी



काठमाडौं । सुनसरी जिल्लाको इटहरी चोक नजिकै धरान रोडमा अवस्थित पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भइरहेको छ।
इटहरी चोक नजिकै रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको पछाडि सञ्चालनमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको हो। इटहरीको सबै दमकल जेनजी आन्दोलनमा जलाइएपछि हाल त्यहाँ कुनै पनि दमकल छैन। अहिले धरान र सुन्दरहरैंचाबाट आएका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन्।
आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकोले आगलागीको कारण र क्षतिको विवरण यकिन हुन सकेको छैन। घटनास्थलमा स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिने कोशिस भइरहको छ।

