
हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले बूक क्लोज गरेसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले कम्पनीले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर बापत मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ३८१.३३ रुपैयाँ कायम भएको छ। अब कम्पनीको शेयर कारोबार यही मूल्यलाई आधार मानेर खुल्नेछ।
नेप्सेले सोमबार कम्पनीको अन्तिम मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ः१ को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

