
नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी



काठमाडौं । नेपालमा ओमोडा जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले २३ मार्च २०२६ मा जेइको जे ६ टी को औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर १६ टी ले ल्याण्ड रोभर डिफेन्डर बाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ । यो गाडी रियर–व्हील ड्राइभ (आरडब्लुडी) भेरियन्टमा (एमआरपी) रु. ६८.९९ लाख भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत रु. ६६.९९ लाखमा उपलब्ध गराइएको छ ।
जेइको जे ६ को सफलतापछि एसपीजी अटोमोबाइल्स ले जेइको जे ६ टी लाई भव्य अनावरण कार्यक्रममार्फत सार्वजनिक गरेको हो । कार्यक्रममा शार्दा ग्रुप का प्रबन्ध निर्देशक सन्दीप कुमार शार्दा, निर्देशक गौरव शार्दा, जेइको जे ६ का सम्मानित ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा एसपीजी अटोमोबाइल्स का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले नेपालमा यस गाडीको औपचारिक डेब्युलाई विशेष रूपमा उजागर गरेको थियो ।
अल–रोडर जेइको जे ६ टी मा रियर–माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ । यसमा लिथियम आयरन फस्फेट (एलएफपी) सीएटीएल ब्याट्री जडान गरिएको छ । जसले ४३१ केएम सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ । साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४,४३३ मिमी लम्बाइ, १,९१६ मिमी चौडाइ, १,७४१ मिमी उचाइ तथा २,७१५ मिमी ह्वीलबेसमा उपलब्ध छ । गाडीमा १९–इन्च टायर, १५.६–इन्च सेन्ट्रल टचस्क्रिन, ९.२–इन्च इन्स्टुमेन्ट प्यानल, ५० डब्लु वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन् ।
यसअघि जेइको जे ६ मा २०० मिमी ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेइको जे ६ टी मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ । जेइको जे ६ को सफल आधारलाई थप मजबुत बनाउँदै जे ६ टी ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ ।
जेइको जे ६ ले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट–इन–सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ । त्यसैले नयाँ आकर्षक लुक्स र १९–इन्च टायरसहित जे ६ टी ले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ ।
नयाँ १६ टी अब देशभरका सबै ओमोडा एण्ड जेइको आधिकारिक सोरुमहरूमा उपलब्ध छ । यस नयाँ मोडेलको सुरुवातसँगै एसपीजी अटोमोबाइल्सले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने र नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।
एसपीजी अटोमोबाइल्स नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो । जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको छ । बलियो नेटवर्क, ग्राहक–केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।

