
८ महिनामा ६ अर्ब ९५ करोड रुपैयाँको ग्यास भित्रियो



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्ममा ३७ करोड २२ लाख ८१ हजार ९७९ किलोग्राम ग्यास आयात भएको छ, जसको लागत ६ अर्ब ९५ करोड ९१ लाख ९६ हजार रुपैयाँ पर्न जान्छ । इरान र अमेरिका-इजरायलबीचको द्वन्द्वका कारण नेपाली बजारमा ग्यासको अभाव देखिएतापनि ग्यासको आयात उच्च देखिएको छ ।
भन्सार विभागका अनसुार फागुनमा मात्रै ५ करोड ११ लाख ९२ हजार २९४ किलोग्राम ग्यास आयात भएको छ । चालु आवको ७ महिना अर्थात, माघमा ५ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ बराबरको ३२ करोड १० लाख ८९ हजार ६८५ किलोग्राम ग्यास आयात भएको विभागको तथ्यांक छ ।
यता, ८ महिनासम्म २८ अर्ब ९६ करोड ६ लाख ४७ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । विभागले ५ लाख ११ हजार ९०७ किलोलिटर पेट्रोल आयात भएको जनाएको छ । गत महिनासम्म २५ अर्ब ७ करोड २१ लाख ५७ हजार रुपैयाँको ४ लाख ४२ हजार ७८७ किलोलिटर पेट्रोल आयात भएको थियो । यता, फागुनमा मात्रै ६९ हजार १२० किलोलिटर आयात भएको छ ।

