
मध्य भोटेकोशी जलविद्युतका सीइओ शिवाकोटीको कार्यकाल ६ महिनाको लागि रिन्यू



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ । २०७७ चैत ९ गते कम्पनीको सीइओमा नियुक्त भएका शिवाकोटीको कार्यकाल यहि चैत ९ गते सकिने भएकाले उनको कार्यकाल थप गरिएको हो ।
कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले उनको कार्यकाल थप ६ महिनाका लागि नवीकरण गर्ने निर्णय गरेको छ ।

