
नेपाल लाइफ इन्स्योरेन्सले बीरगंजमा सम्पन्न गर्यो २३ र २४औँ वार्षिक साधारण सभा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा आज होटल भिष्वा, बीरगंज, पर्सामा सो सभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आव २०७८।७९ र आव २०७९।८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८।७९ र आव २०७९।८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जानकारी दिएको छ।

