
स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो होटल फरेस्ट इनको पहिलो कारोबार ?



काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा होटल फरेस्ट इनको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर १०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर हिजो अर्थात फागुन २७ गते, नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको २ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ६५ पैसा देखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको स्टक टिकर एचएफआईएन रहेको छ ।

