
‘Market Structure vs Indicators’ विषयमा स्मार्ट फ्राइडे इन्साइट सिरिज – Episode 10, मार्च १३ मा



काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को दशौं शृंखला (Episode 10) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजारमा प्रयोग हुने प्राविधिक उपकरणहरू र वास्तविक बजार संरचनाबीचको सम्बन्धलाई केन्द्रमा राखेर यस विशेष सत्रको शीर्षक “Why Indicators Fail Without Market Structure” राखिएको छ।
यस कार्यक्रमका प्रमुख वक्ता Dipshikha Dhitopatra Karobar Company Pvt. Ltd. (Broker No. 38) का लहान शाखा प्रबन्धक शिवानन्द चौधरी रहनुहुनेछ। पूँजी बजारमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका उहाँले बजार संरचना (Market Structure) नबुझी केवल प्राविधिक इन्डिकेटरहरूमा निर्भर हुँदा लगानीकर्ताहरूले गर्ने सामान्य गल्तीहरू, बजारको वास्तविक प्रवृत्ति कसरी पहिचान गर्ने तथा प्रभावकारी ट्रेड निर्णय कसरी गर्ने भन्ने विषयमा आफ्ना अनुभव र ज्ञान सहभागीहरूसँग साझा गर्नुहुनेछ।
कार्यक्रम SMART (Stock Market Analysis & Research Team) द्वारा आयोजना गरिएको हो भने Dipshikha Dhitopatra Karobar C.P.L. सँग सहकार्यमा सम्पन्न हुँदैछ। यस शृंखलालाई Nepse Alpha ले सहयोग प्रदान गरेको छ। कार्यक्रम Google Meet तथा YouTube मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले गर्दा देशभर तथा विदेशबाट समेत इच्छुक सहभागीहरू सजिलै जोडिन सक्नेछन्।
SMART Friday Insight Series को उद्देश्य ज्ञान र अवसरबीचको दूरी कम गर्नु हो। यस शृंखलामार्फत पूँजी बजारका विज्ञ, पेशेवर तथा अनुभवी व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याई सिकाइ, अनुभव आदान–प्रदान तथा करियर मार्गदर्शन प्रदान गर्दै आएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले पोस्टरमा उल्लेखित QR Code स्क्यान गरी दर्ता गर्न सक्नेछन्। सीमित समयका लागि खुला दर्ता प्रक्रिया मार्फत विद्यार्थी, लगानीकर्ता, नयाँ ट्रेडर तथा पूँजी बजारमा करियर बनाउन चाहने सबैलाई सहभागी हुन आग्रह गरिएको छ।
कार्यक्रम विवरण:
- विषय: Why Indicators Fail Without Market Structure
• वक्ता: शिवानन्द चौधरी, Branch Manager (Lahan), Dipshikha Dhitopatra Karobar Company Pvt.Ltd. – Broker No. 38
• मिति: २९ फाल्गुन २०८२ (१३ मार्च २०२६)
• समय: साँझ ६:०० – ८:०० बजे
• Live: Google Meet र YouTube
• आयोजक: SMART Growth Ventures Pvt. Ltd.
यसअघि सम्पन्न भएका एपिसोडहरू:
- Ep.01: Use of Collateral Smartly
• Ep.02: Social Security Fund (SSF)
• Ep.03: Top Mistakes New Investors Make
• Ep.04: How to Survive & Grow in the Stock Market
• Ep.05: SIP Investing in Nepal
• Ep.06: How Nepal Stock Market Actually Works
• Ep.07: Capital Market Literacy
• Ep.08: Capital Market Policies & Current Affairs
अघिल्ला सबै एपिसोडहरू हेर्न:
https://www.youtube.com/@smartnepse/streams
Episode–10 मा सहभागी हुन दर्ता गर्न: पोस्टरमा रहेको QR Code स्क्यान गर्नुहोस् वा Google Form https://forms.gle/LDJN16ffNrd3mWZD7 मार्फत दर्ता गर्नुहोस्।
यदि तपाईं प्राविधिक इन्डिकेटर मात्र होइन, बजारको वास्तविक संरचना बुझेर स्मार्ट निर्णय गर्न चाहनुहुन्छ भने यो SMART Friday Insight Series – Episode 10 मिस नगर्नुहोस्।
SMART Growth Ventures Pvt. Ltd.
Our Social Media Platforms:
https://linktr.ee/SMARTNEPSE

